काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । अघिल्लो दिन १०० रुपैयाँले घटेको सुन आज ६०० रुपैयाँले घटेर तोलाको १ लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ ।
आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन चाँदी तोलामा २ हजार १५० रुपैयाँमा किनबेच भएको थियो ।