काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार प्रबन्ध निर्देशक पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलसहित १८ जनाविरुद्ध ३३ करोड ४७ लाख रुपैयाँ मागदाबीसहित मुद्दाको फाइल विशेष अदालतमा पुर्याएको छ ।
अख्तियारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को बिलिङ प्रणाली अपग्रेड गर्ने प्रक्रियामा गम्भीर अनियमितता र मिलेमतो भएको निष्कर्ष निकालेको छ ।
उक्त बिलिङ प्रणाली अपग्रेड गर्ने प्रक्रियामा भएको गम्भीर अनियमिततामा पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसमेतको संलग्नता रहेको उजुरीका आधारमा अनुसन्धान गर्दा ठूलो मात्रामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ।