काठमाडौँ । अमेरिकाले अवैध रूपमा पुगेका थप ५० नेपालीलाई डिपोर्ट गरेको छ। उनीहरूलाई चार्टर्ड विमानमार्फत नेपाल फिर्ता पठाइएको छ।
अध्यागमन अधिकारीहरूका अनुसार आज दिउँसो ४ बजे उनीहरू नेपाल आइपुग्ने छन्।राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लागू आप्रवासन नीतिका कारण अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू क्रमशः निष्कासनमा परिरहेका छन्।
यसअघि २०८१ फागुनमा टेक्सास राज्यबाट ९ नेपालीलाई डिपोर्ट गरिएको थियो।ट्रम्प प्रशासनका नीतिपछि अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १ सय पुगेको छ।