काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुन १ लाख ९३ हजार ७०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो।सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज ५ रुपैयाँले घटेर एक तोला चाँदी २१ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।