काठमाडौँ । एम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुर ‘सर्वोत्कृष्ट युवा शिक्षा सीईओ’ २०२५ नेपालको रूपमाको रूपमा सम्मानित भएका छन । प्रतिष्ठित ग्लोबल सीईओ एक्सिलेन्स अवार्डअन्तर्गत सीईओ रिभ्युद्वारा प्रदान गरिएको यो सम्मानले नेपालको शिक्षा र जनशक्तिको विकासमा उनको दूरदर्शी नेतृत्व र प्रभावकारी योगदानको कदर गर्दै सम्मानित गरेको हो ।
ठाकुरको नेतृत्वमा एम्बार्क कलेजले प्रयोगात्मक र सीपमा आधारित शिक्षाको केन्द्रका रूपमा आफूलाई द्रुतगतिमा स्थापित गर्न सफल भएको छ । युनिभर्सिटी अफ रोहेम्प्टन (बेलायत)सँगको सहकार्यमा सञ्चालन गरिएका विज्ञान स्नातक (बिजनेस म्यानेजमेन्ट) र एमबीए कार्यक्रमहरूले शैक्षिक गहिराइलाई व्यावहारिक शिक्षासँग जोड्ने प्रयासलाई नयाँ उचाइमा पुर्याएका छन् ।
शिक्षाविद् र उद्योगबीचको अन्तरसम्बन्धलाई बलियो बनाउने उद्देश्यले ठाकुरको पहलमा एम्बार्क बिजनेस इन्क्युबेसन सेन्टर स्थापना गरिएको छ । जसले विद्यार्थी–नेतृत्वमा आधारित स्टार्टअपहरूलाई उत्प्रेरणा र मार्गदर्शन दिन्छ । साथै, एम्बार्क रिसर्च नेटवर्कले नेपालमा दिगोपन र वित्तीय समावेशीकरण विषयमा महत्त्वपूर्ण पुस्तक प्रकाशन गरी अनुसन्धानको क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याएको छ । सम्मान प्राप्त गरेपछि ठाकुरले यो उपलब्धि विद्यार्थी, प्राध्यापक र साझेदारहरूको सामूहिक प्रयासको परिणाम भएको बताए ।