काठमाडौं । आन्दोलनरत यातायात व्यवसायी र सरकारी वार्ता टोलीबिचको छलफल पछि सहमतिमा हस्ताक्षर भएको छ। सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको तेस्रो चरणको बैठकमा सहमतिमा हस्ताक्षर भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए।
स्वाँरका अनुसार संघीय सरकारले प्रदेश सरकारलाई पत्राचार गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गरेपछि देशभरको यातायात सञ्चालन सञ्चालन गर्ने सहमति भएको छ।
यातायात व्यवसायीहरु पनि देशव्यापी चक्काजामको कार्यक्रम फिर्ता लिन सहमत भएका हुन् ।राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा आन्दोलनरत यातायात व्यवसायीले देशभरका सार्वजनिक सवारी साधन बन्द गरेका थिए।