काठमाडौँ । यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ ।सार्वजनिक सवारी साधन बन्द हुँदा सर्वसाधारण मर्कामा परेपछि प्रहरीले बस सञ्चालनमा ल्याएको हो । अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए ।
यसअघि बन्दको फाइदा उठाउँदै राइड सेयरिङ कम्पनीले यात्रुसँग मनपरी भाडा असुल्न थालेको गुनासो आएपछि नेपाल प्रहरीले कारबाही गर्ने चेतावनी समेत दिएको छ । उसले बढी भाडा लिएमा यात्रुहरूलाई नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन आग्रह गरेको छ ।
बन्दको घोषणा गरेपछि आज बिहानैबाटै पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र मनपरी भाडा असुल्न थालेको गुनासो चारैतिरबाट आएपछि प्रहरीले यस्तो सूचना जारी गरेको उल्लेख छ ।