काठमाडौं । साताको दोस्रो दिन सोमबार (आज) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतबारको तुलनामा आज सुनमा तोलाको एक हजार र चाँदीमा पाँच रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाकारी दिएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ। हिजो सुन तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँ थियो।