काठमाडौँ । अन्य वर्षहरूभन्दा १५ दिनअगावै नेपालमा यस वर्ष मनसुन प्रवेश गरेको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्षको मनसुन बिहीबार रातिदेखि नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले नेपालको कोशी प्रदेशमा मनसुनको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। नेपालका अन्य भू-भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समय लाग्ने देखिन्छ। हाल देशको बाँकी भू-भागमा भने पश्चिमी वायू र स्थानीय वायूको प्रभाव यथावत रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबार रातिदेखि नेपालमा मनसुन प्रवेश गरेको जानकारी दिएको छ। कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ।