काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरिएको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । जेठ ६ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
शाहलाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको हो ।