काठमाडौं । बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ थियो । वैशाख ९ गते सुनको भाउले हालसम्मकै उच्च मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ बनाएको रेकर्ड छ । सुनको भाउ घट्दा पनि चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९९५ रुपैयाँ रहेको चाँदी आज २ हजार ५ रुपैयाँ पुगेको छ ।