काठमाडौं । सरकारले निजामति सेवाका राजपत्रांङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले १० जना सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। सरुवा हुनेमा सचिवहरूमा डा.रामप्रसाद घिमिरे,किरणराज शर्मा,हरिप्रसाद मैनालीलगायत रहेका छन्।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङका अनुसार घिमिरेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,शर्मालाई लोकसेवा आयोग र मैनालीलाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरूवा गरिएको हो। डिल्लीराज शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,डा.दिपक काफ्लेलाई राष्ट्रपतिको कार्यालय,चुडामणी पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको हो।
यसैगरी गोविन्द बहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालय र शोभाकान्त पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशमा सरुवा गरिएको हो।