काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुन तोलामा १लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको थियो।यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १९ सय ९५ रुपैयाँ कायम भएको छ।