काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेय सुनिता डंगोलसहित ३९ जना कार्यपालिका सदस्यले मेयर बालेन्द्र (बालेन) शाहलाई ७ दिनभित्र कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।
सोमबार बसेको अनौपचारिक बैठकले यस्तो माग गरेको हो । ४० सदस्य रहेको कार्यपालिकामा मेयर शाहबाहेक सबैको उपस्थिति रहेको थियो । कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन ।



