काठमाडौँ । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त भएका छन् ।
डा.भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम नियुक्ति गरिएको खानेपानी मन्त्रालयकी सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले बताइन् ।
उनका अनुसार नेपाल खानेपानी संस्थान सञ्चालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार नियुक्त गरिएको हो ।अध्यक्ष नियुक्त भएका डा. भट्टराई अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ का स्थायीवासी हुन् ।