कपिलवस्तु । जिल्लाको शुद्धोधन गाउँपालिका ५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजु बैनीको मृत्यु भएको छ ।
प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार आइतबार साझा घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको रेगुलेटर लिकेज भइ आगो लागेपछि १८ वर्षीया सोनाम यादव र उनका दाई २५ वर्षीय शिव कुमार यादव जलेर गम्भीर घाइते भएको बताए ।
घर नजिकै गोठमा रहेको आगो ग्यास लिक भई आगलागी भएको थियो । जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार राति नै युनिभर्सल मेडिकल कलेज भैरहवा पठाएको थियो ।
सोनमको मेडिकल कलेज भैरहवा मै र शिव कुमारको भारतको गोरखपुर उपचारका लागि लैजाने क्रममा बाटो मै मृत्यु भएको थियो ।दुवै जनाको शव पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ ।