काठमाडौँ । राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले दिएको राजीनामा अस्वीकृत गर्दै आफूसँगै गभर्नर कार्यालयमा नयाँ जिम्मेवारी दिएका छन् ।
गभर्नर बन्न दिएको राजीनामा स्वीकृत नभएको अवस्थामा नयाँ गभर्नर पौडेलले उनको राजीनामा अस्वीकृत गरेका छन् । भट्टले कार्यकारी निर्देशकबाट दिएको राजीनामा तत्कालीन कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरी राखेकी थिइन् ।
यसअघि भट्ट आर्थिक अनुसन्धान विभागमा थिए । गभर्नर कार्यालयमा सरुवा गरिएका भट्ट नयाँ गभर्नर पौडेलको रोजाइमा परेका बताइएको छ । सरुवाबाट आर्थिक अनुसन्धान विभागमा रामशरण खरेललाई ल्याइएको छ भने मानव संसाधन विभागमा बैंकिङ कार्यालयका विश्रुत थापालाई ल्याइएको छ ।