काठमाडौं । नेपाल प्रहरीले जेठ १५ गतेका लागि सुरक्षा व्यवस्था मिलाइएको बताएको छ।
नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले जेठ १५ गतेदेखि 'जनआन्दोलन' सुरू गर्ने घोषणा गरेको छ।
उक्त कार्यक्रमप्रति लक्ष्य गर्दै प्रहरीले सुरक्षा व्यवस्था मिलाइसकिएको र जनधनको क्षति हुन नदिइने बताएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा एसएसपी शेखर खनालले जेठ १५ गतेको प्रदर्शन लक्ष्य गर्दै प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको उल्लेख गरेका हुन् ।