काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नसक्ने ३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यज्ञश्वरी निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना बिसीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको हो।
काठमाडौं महानगरपालिका–१४ ठेगाना उल्लिखित एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुंगाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेका छन्।
यस्तै, सल्यानको लेखपोखरा–६ ठेगाना उल्लिखित तुलसी निर्माण सेवा र त्यसका मुख्य व्यक्ति पूर्णबहादुर भण्डारीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
