काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हो ।
चैत २२ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारी बिदा भएयता नयाँ गभर्नर छान्न नसकेर आफ्नो अक्षमता छताछुल्ल पारेका दुई दलले त्यो क्रमलाई मंगलबारसम्म निरन्तरता दिएर डा. विश्व पौडेलको नाममा सहमत भएका थिए । यद्यपि पौडेललाई नेपाली कांग्रेसको कार्यकर्ताको आरोप लाग्ने गरेको छ । उनी २०७९ को चुनावमा चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका पात्र हुन् ।
सोमबार र मंगलबार दुई दिनसम्म प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको चरणबद्ध छलफलपछि गभर्नरमा २०७९ सालमा प्रतिनिधिसभाको चुनावमा पराजित विश्व पौडेलको नाम टुंगिएको थियो ।