काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा.विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भएको भेटमा पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्थगित मन्त्रिपरिषद् बैठक आज अपरान्ह ५ बजेका लागि बोलाएका छन् । सोही बैठकले गभर्नर नियुक्त गर्नेछ ।
्