काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही कायम भएको हो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।