काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ८४ हजार दुई सय रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज पनि चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।