काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ ।
सरकारले गठन गरेको सिफारिस समितिको सिफारिसमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगमा पाँच–पाँच सदस्य नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
नियुक्त भएका सबै पदाधिकारीको तलब भत्ता राष्ट्रिय मानव अधिकार आयोग सरह रहने पनि उनले जानकारी दिए । कार्यकाल ४ वर्षको हुनेछ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा, सदस्हरूमा अच्युत प्रसाद भण्डारी,
टिका प्रसाद ढकाल, पदम बहादुर शाही र कुमारी कौशल्य ओझा नियुक्त भएका हुन् ।
यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लिलादेवी गड्तौला,सदस्यहरूमा
गोपालनाथ योगी,अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल,विनिता नेपाली रहकी छन्