काठमाडौँ । अमेरिकाको विद्यार्थी भिसाका लागि जुलाईको अप्वाइन्टमेन्ट अमेरिकी दूतावास काठमाडौंले मे १५ को विहान ८ बजेदेखि खोलिने भएको छ ।
जुलाई महिनाका लागि भिसा अन्तरवार्ताको अप्वाइन्टमेन्ट लिन चाहनेहरुले मे १५ को विहान ८ बजेपछि अप्वाइन्टमेन्ट तय गर्ने र वेवसाइटमा गएर आफ्नो अप्वाइन्टमेन्ट लिन सक्ने जनाएको छ । दूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै आफ्नो स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिलसमेत गरेको छ ।