काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मङ्गलबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।