काठमाडौं । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्मा आगामी बजेटको सिद्धान्त र प्राथमिकता पेश गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता’ सम्बन्धमा छलफल गर्ने प्रस्ताव पेश गरेका हुन् ।अर्थमन्त्री पौडेलले संसद्ले आजै पारित गरेको ‘सरकारका नीति तथा कार्यक्रम’ बमोजिम नै बजेट ल्याउने बताएका छन् ।