काठमाडौं । प्रिन्टिङ प्रणालीमा समस्या देखाउँदै अत्यावश्यक सवारी लाइसेन्स छपाइ बन्द गरिएको छ।
यातायात व्यवस्था विभागले आइतबार एक सूचनामार्फत् यही वैशाख २५ देखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या देखिएको र समाधानको काम भइरहेको जनाएको छ । अर्को सूचना प्रकाशन नहुँदासम्म अत्यावश्यक चालक अनुमति पत्र छपाइ बन्द गरिएको विभागले जनाएको छ ।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र छापेर वितरण गर्दै आएको थियो ।