काठमाडौं। भारत सरकारले हालै पाकिस्तानका ९ स्थानमा गरिएको “अपरेशन सिन्दूर” मा नेपाल–भारत खुला सीमा संवाद समूहले पूर्ण समर्थन जनाएको छ । समूहका केन्द्रीय अध्यक्ष डा.राजीव झाले बुधबार प्रेस विज्ञप्ति जारी गरी पूर्ण समर्थन रहेको जनाएका हुन्।
‘यस अपरेशनअन्तर्गत भारतीय सुरक्षा फौजले आतंकवादको जरो उखेल्ने प्रयासस्वरूप ती स्थलहरूमा रहेको आतंकवादी अड्डाहरूलाई लक्षित आक्रमण गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
खुला सीमा सम्वाद समूहले भारतीय कारबाहीप्रति नेपाल सरकारसँग पनि समर्थन जनाउन माग गरेका छन्। नेपाल–भारत खुला सीमा संवाद समूह आतंकवादविरुद्ध भारतको यस स्पष्ट र निर्णायक कदमको प्रशंसा गर्दै सम्पूर्ण दक्षिण एशिया शान्ति, स्थायित्व र सुरक्षा तर्फ अग्रसर हुने आशा गरेका छन्।
