काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसअघि स्वर्गीय नेपालले मंगलबार नर्भिक अस्पतालमा निधन भएपछि एमाले कार्यालय राख्ने भन्नेबारे नेताहरूबीच छलफल भएको थियो । तर, नेता नेपालले आफ्नो मृत्युपछि पार्टीको झण्डा नओढाउनू भनेको भन्दै घरपरिवारले नमानेपछि उनलाई श्रद्धाञ्जलीका लागि एमालेको कार्यालय च्यासलमा नलगिएको हो ।
कुनै पनि पार्टीकरण नगर्ने र झण्डा नओढाउने भनेपछि श्रद्धाञ्जलीका लागि नराख्ने कुरा भएको बुझिएको छ । उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको ७१ वर्षको उमेरमा निधन भएको हो ।