काठमाडौं । ललितपुरको सातदोबाटो-हात्तीवन ओरालोमा कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका छन्। ललितपुर प्रहरीका अनुसार गएराति बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको हो। घाइते तीनैजनाको उपचार बीएण्डबी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि सवारीसाधन आवागमन बन्द गरिएको छ । ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो।
प्रहरीका अनुसार मापसे गरी तीव्र गतिमा सवारी चलाउँदा कार दुर्घटना भएको हो। ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणको सहयोगमा पोल हटाइँदैछ ।