काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा र रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा र रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरेको हो ।
कांग्रेसले नीति तथा कार्यक्रममा समेटिएका कार्यक्रमहरू सम्पन्न हुने गरी आगामी आर्थिक वर्ष ०८२/०८३ को वार्षिक विकास कार्यक्रम र बजेट तयारी गर्न पनि सरकारसँग माग गरेको छ ।