धनगढी । कञ्चनपुरको भिमदत्त नगरपालिका १८ का अर्जुन पाण्डेको उपचारमा समस्या भएको छ । आर्थिक अभावका कारण पाण्डेको उपचारमा समस्या भएको भन्दै उनका आफ्न्तहरुले सहयोगको याचना गरेका छन् ।
गत वैशाख ४ गते ग्याँस लिकको कारण भएको दुर्घटनामा परेर घाइते भएका ४८ वर्षीय पाण्डेको अहिले काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । ग्याँस लिक हुँदा पाण्डेको ४० प्रतिशत शरीरमा गम्भीर चोट लागेको र उनको उपचार, सर्जरी र पुनर्स्थापनामा ठुलो खर्च लाग्ने देखिएपछि उनका आफ्न्तहरुले सहयोग अभियान नै सुरु गरेका हुन् ।
पाण्डेलाई सहयोग गर्न चाहनुहुने मानभावहरुले कुमारी मनिशा खरेल पाण्डेको एन.आई. सी. बैकको ०२४५७५०८३६१०२००१ खाता नम्बरमा र ९८४८८५७१८३ सम्पर्क गरी पाण्डेलाई सहयोग गर्न सकिन्छ ।

विपन्नका लागि सातै प्रदेशमा जलनको निःशुल्क उपचार घोषणा गरे पनि सरकारले अपेक्षित बजेट उपलब्ध गराउन नसकेको कारणले, अस्पतालले निःशुल्क उपचार सेवा निरन्तर दिन सकिरहेको छैन। यसले गर्दा पहिला निःशुल्क उपचार पाउँदै आएका बिरामीहरू समेत अहिले शुल्क तिर्न बाध्य भएका छन्।