काठमाडौँ । ललितपुरको ट्राफिक प्रहरी परिसर सातदोबाटोबाट प्रहरी निरीक्षक भूपेन्द्र गिरीको बिदाइ भएको छ ।
गिरीको गत वैशाख १० गते नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालमा सरुवा भएपछि शुक्रवार ट्राफिक प्रहरी परिसर सातदोबाटोले गिरीको बिदाइ गरेको हो ।
सातदोबाटोको कार्यालय प्रमुखमा रहँदा प्रहरी निरीक्षक गिरीले आफ्नो कर्तव्यबाट कत्ति पनि विचलन नभई सदैव बफादार र कर्तव्यनिष्ठ भएर काम गरेको बताए ।
उनले सो अवधिमा अघिल्लो वर्षको तुलनामा दुर्घटना निकै कम भएको र ललितपुरको पुल्चोक लगायतका ५ ठाउँमा ट्राफिक जाम कम गर्नका लागि भिड हेरेर हरियो बत्ती बल्ने लाइट जडान गरेको समेत बताए ।
यस्तै ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई सिसिटिभीमार्फत निगरानी गरी कारबाही सुरु गरेको समेत बताउँदै एक वर्षको अवधिमा विभिन्न अस्पतालको सहकार्यमा स्वास्थ्य शिविरको आयोजना गरेको समेत जानकारी थिए ।
प्रहरी निरीक्षक गिरीले सातदोबाटोको बसाइ निकै सहज बनेको र सो अवधिमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अब ट्राफिक प्रहरी परिसर सातदोबाटोको जिम्मेवारी पदमराज थापाले समालेका छन् ।