काठमाडौँ । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको महासचिवमा युवा व्यवसायी मेजर शमशेर कुँवर (महेश) निर्वाचित भएका छन् । बिहीबार काठमाडौँमा सम्पन्न छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेसँगै महासचिवमा कुँवर निर्वाचित भएका हुन् ।
नेपाल हेभी इक्विपेमन्ट व्यवसायी सङ्घ काठमाडौँको अध्यक्ष समेत रहेका कुँवरले नेपाली पब्लिकसंग कुरा गर्दै आगामी दिनहरूमा सम्पूर्ण,जिल्ला प्रदेशमा सङ्गठित गरी सम्पूर्ण व्यवसायीहरूलाई एक बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै उनले रिन्यू नभएका सङ्गठनहरूलाई रिन्यू गर्न लगाउने, नियमित बैठक गर्ने बताउँदै काठमाडौँमा मात्र नभएर तीन तीन महिनामा उपत्यका बाहिर पनि बैठक गर्ने कार्य योजना रहेको बताए । व्यवसायीहरूका निकै समस्याहरू रहेकोले ती समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्ने तर्फ आफूहरू अग्रसर हुने कुँवरको भनाई छ ।
निमार्ण व्यवसायी महासङ्घसँग पनि समन्वय गरेर अघि बढ्ने बताउँदै महासचिवमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरूप्रति कुँवरले आभार व्यक्त गरे । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घ अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित हुँदा महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, द्वितीय उपाध्यक्षमा सुनिल थापा, तृतीय उपाध्यक्षमा जयबहादुर साउद निर्वाचित भएका हुन् ।
यस्तै उपमहासचिवमा यादवलाल श्रेष्ठ, सचिवमा निश्चल पोखरेल, शेरबहादुर कुँवर, कोषाध्यक्षमा खिन्तबहादुर भण्डारी (भरत) र सह कोषाध्यक्षमा दानबहादुर बोगटी निर्वाचित भएका छन् ।
त्यसै गरी बागमती प्रदेश प्रमुखमा प्रभुराम श्रेष्ठ, गण्डकी प्रमुखमा अमृत घिमिरे, लुम्बिनी प्रदेश संयोजकमा चक्रपाणि शर्मा, सुदूरपश्चिम प्रदेश प्रमुखमा लोकबहादुर बलायर निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा डिल्लीबहादुर डाँगी, ऐनबहादुर राउत, भरतबहादुर शाह, बमबहादुर खड्का, लक्ष्मण साउद, कमलप्रसाद श्रेष्ठ, दानसिंह बठैला, भीमसेन क्षेत्री (भीम केसी), बामदेव पौडेल, धरसमान तामाङ, दिनेश सापकोटा, बालकृष्ण कोइराला, राजेशकुमार गुप्ता, श्रीदेव कापरी, सुरेश गौतम, भोजकुमार श्रेष्ठ, श्रीबहादुर कुँवर, दीपक पाण्डे, खड्गबहादुर कार्की, नीलबहादुर श्रेष्ठ, पंकज अधिकारी, रामचन्द्र प्रधनाङ्ग, अरुण शर्मा, संजिव देउजा, वसन्तकुमार श्रेष्ठ, शालिग्राम श्रेष्ठ, खेमराज आचार्य, प्रकाश गौतम, संजिव कार्की र लक्ष्मण बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ पदेन सदस्य हुनेछन् ।