काठमाडौँ । राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ। राउटे समुदायसँग कार्यरत संस्था सोसेक नेपालका अनुसार उनको सोमबार राति साढे ९ बजेतिर निधन भएको हो।
जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायमा परम्परागत रूपमा तीन जना मुखिया रहने व्यवस्था छ। सूर्यनारायण २०७२ सालको जेठ महिनामा मुखियाको जिम्मेवारीमा आएका थिए।
हाल राउटे समुदाय दुई समूहमा विभाजित भएर बस्दै आएको छ। सूर्यनारायण नेतृत्वको समूह सुर्खेतको बराहताल गाउँपालिका–८ स्थित सोतखोलामा बसोबास गरिरहेको छ भने अर्को समूह वीरेन्द्रनगर–१३ को करेखोलामा दुई मुखियासहित बसिरहेको छ।
मुखिया शाहीको निधनसँगै समुदायमा नेतृत्व रिक्त भएको छ भने राउटे जनसंख्या पनि घट्दै गएको छ। हाल देशभर राउटेहरूको संख्या १३५ मात्र छ।