धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ । ३५ वर्षीय शाही सोमबार बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा पुगेका थिए ।
उक्त मेडिकल सञ्चालक ईन्द्र दहित काठमाडौँ गएको अवस्थामा मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महाबिर चौधरीले जन्डिस छ भन्दै सुई लगाएको केही समयमै शाहीको निधन भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
धिरजको निधन भएको केहि क्षणमै ल्याव असिस्टेन्ट चौधरी भागेका छन् । घटनाको जानकारी गराएलगत्तै ईलाका प्रहरी कार्यालय सुखडबाट आजैमात्र सरुवा भई आएका कार्यालय प्रमुख एवम् डिएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी घटनास्थलमा खटिएका छन् ।घटना भएलगतै फरार चौधरीको खोजी कार्य भइरहेको मेडिकल सञ्चालक ईन्द्र दहितले जानकारी दिए ।