काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका अधिकांश क्षेत्रमा तापक्रम बढ्ने क्रम जारी छ । लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको छ । काठमाडौँ उपत्यकाको तापक्रम आज ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने अनुमान छ
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहन सक्नेछ । त्यस्तै, यिनै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रातिको समयमा पनि तराई क्षेत्रमा गर्मी कायमै रहनेछ । विशेष गरी लुम्बिनी प्रदेशमा तातो लहरबाट सचेत रहन आग्रह गरिएको छ ।