डोटी । डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका– १ गोल्डेनमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनिट्रक आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मिनिट्रक चालक बझाङको बुङ्गल नगरपालिका-२ बस्ने ३३ वर्षको अर्जुन धामी, ३४ वर्षीय उज्वल जाग्री र ४० वर्षीय जगत धामी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
मिनिट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको जनाइएको छ। तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।