काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । उनले तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेका हुन्।
रजकका परिवारसँग भेटेपछि उनले घटनाको निष्पक्ष छानबिनको माग गरे। ज्यान गुमाउने कुरा सामान्य नभएको भन्दै उनले घटनाको निष्पक्ष छानविनको माग गरेका हुन्।उनले जुनसुकै तर्क दिए पनि कसैले अनाहकमा ज्यान गुमाउनु नहुने बताए।