काठमाडौं । साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ ।
नेप्से परिसूचक २०.६८ अंकले घटेर बजार २७५१ मा कायम भएको हो। योसहित लगातार छैटौं दिन बजार घटेको छ ।
गत सोमबारयता कारोबार भएका सबै दिन बजार घटेको छ ।आज ८७ हजार १५६ पटकको सेयर किनबेचबाट ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँ कारोबार भएको छ ।