काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको सुपर दोर्दी 'ख' आयोजनाको गाडी नुवाकोटको शिवपुरी–८ काफलडाँडामा दुर्घटना हुँदा ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले गम्भीर घाइते भएका खनालको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी दिए।
पाँचजना घाइते
दुर्घटनामा गाडी चालक ४६ वर्षीय विश्वनाथ अधिकारी, ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल, ५१ वर्षीया गायत्री खनाल, र ६३ वर्षीय चन्द्रनाथ शर्मा घाइते भएका छन्। उनीहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।