काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल, र मट्टितेलको मूल्य घटाएको छ। बिहीबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो।
नयाँ मूल्यसूची
काठमाडौँ, पोखरा र दिपायलमा:
पेट्रोल: १६५ रुपैयाँ प्रतिलिटर
डिजेल र मट्टितेल: १५५ रुपैयाँ प्रतिलिटर
सुर्खेत र दाङमा:
- पेट्रोल: १६४ रुपैयाँ प्रतिलिटर
- डिजेल र मट्टितेल: १५४ रुपैयाँ प्रतिलिटर
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा:
- पेट्रोल: १६२ रुपैयाँ प्रतिलिटर
- डिजेल र मट्टितेल: १५३ रुपैयाँ प्रतिलिटर
नयाँ मूल्य लागू भएपछि पेट्रोलियम पदार्थको मूल्यमा देखिएको गिरावटले सर्वसाधारणमा राहत पुग्ने अपेक्षा गरिएको छ।