२६ साउन, काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कारागारमा रहेका तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको बैठकमा समितिले नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर सहकारीको रकम दुरुपयोगको विषयमा सोधपुछ गरेको सभापति सूर्यबहादुर थापाले जानकारी दिए । तुलसी सहकारी मार्फत वचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका शर्मा २० भदौ २०८० देखि कारागारमा छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशमा उनी कारागारमा छन् ।
तुलसी सहकारीविरुद्ध एक हजार १४५ जना वचतकर्ताले करिब ७८ करोड रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।