काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएका छन्।
समितिका सभापति रामहरि खतिवडाले जानकारी दिएअनुसार, प्रधानमन्त्रीलाई बैठकमा उपस्थित हुनका लागि पत्र पठाइएको थियो। तर, प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो स्थानमा गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए।
गृहमन्त्री लेखकले बैठकमा भने, "प्रधानमन्त्रीलाई समितिले आमन्त्रण गरेको थियो। उहाँको कार्यव्यस्तता र विषय गृह मन्त्रालयसँग सम्बन्धित भएकाले उहाँले मलाई पठाउनु भएको हो।"
प्रधानमन्त्री ओलीले बैठकमा उपस्थित हुन नसक्ने औपचारिक पत्र पठाएका थिए। सभापति खतिवडाले बैठकको अन्त्यमा प्रधानमन्त्रीको पत्र प्राप्त भएको कुरा जानकारी दिए।