सुर्खेत - जिल्ला सुर्खेत, वीरेन्द्रनगर न.पा. १३ करेखोला निवासी खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किँदा उनकी छोरी शुशिला बुढा (१४/१५ वर्ष) च्यापिएको खबर प्राप्त भएको छ।
घटना सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली तत्कालै घटनास्थलमा खटिइ बालिकालाई सकुशल उद्धार गरेको छ। उद्धार पश्चात बालिकालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।