काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ। अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्।
जहाज उड्ने क्रममा दुर्घटना भएको हो । हाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ।
बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो।
जहाजबाट धुवाँ आएको देखिएपछि अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।
जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन।