पोखरा - नेकपा (एमाले) माछापुच्छ्रे गाउँपालिका कमिटीले पार्टी कार्यालय निर्माण गर्ने योजना अगाडी सारेको छ।
पार्टीको दोश्रो अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यको सोमबार भएको सपथ ग्रहण समारोहमा अध्यक्ष विक्रम गुरुङले पार्टीको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो कार्यकालमा पार्टीको आफ्नै कार्यालय भवन निर्माण गर्ने योजना अगाडी सारेका हुन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मुति दिवसको सन्दर्भमा भएको कार्यक्रममा अध्यक्ष गुरुङले समग्र पालिकाको विकासको लागि पार्टीको घोषित नीति अनुसार काम गर्ने जानकारी दिए। उनले भौतिक पूर्वाधार तथा मानवीय विकासको अलवा पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादनमा जोड्ने योजना सुनाए।
कार्यक्रममा अध्यक्ष गुरुङले कमिटीका पदाधिकारी तथा कमिटीका सदस्यलाई सपथ गराए । लेखा कमिटीका अध्यक्ष पदम नेपालीले कमिटीका पदाधिकारी तथा सदस्यलाई सपथ गराए। पार्टीका पोलिट व्युरो सदस्य तथा पूर्व मन्त्री जगतबहादुर विश्वकर्माले पार्टीलाई थप मजबुद बनाएर काम गर्न कमिटीलाई निर्देशन दिए। उनले आगामी निर्वाचनमा पालिकामा एमालेका उम्मेद्वारलाई जिताएर सत्ता सञ्चालन गर्ने योजना बनाएर काम गर्न आग्रह गरे। उनले पार्टीका संस्थापक महासचिव पुष्पलालको नेपालको प्रजातान्त्रिक र कम्युनिस्ट आन्दोलनमा योगदान रहेको बताए।
पार्टीका केन्द्रीय सदस्य तथा पालिका ईञ्चार्ज राजीव पहारीले पार्टीमा भएको गुटबन्दी अन्त्य गर्दै एकताबद्ध भएर अगाडी बढ्नु पर्ने उल्लेख गरे। पाटीका केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा प्रदेश साम्सद गणेशमान गुरुङ्गले बिकाश निर्माणमा पाटीको योजनालाई सामेल गरि पालिका बासी नागरिको चाहाना पुरा गर्ने गरि काम गर्न नर्विर्नवाचित कमिटिलाई सुझाब दिदै आफु पनि सगसगै लाग्ने बताए।
पार्टीका गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले पार्टी निर्माण र संगठन सुदृढीकरण गरी पार्टीलाई मजबुत बनाउन लाग्न कमिटीलाई सुझाव दिए। उनले पार्टी निर्माणमा संस्थापक महासचिवको पुष्पलालको विचारलाई अंगालेर पार्टीलाई व्यवस्थित गरी मिसन ८४ लक्षित योजना निर्माण गर्न कमिटीलाई आग्रह गरे।
कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङ, गण्डकी प्रदेश कमिटीका उपसचिव दामबहादुर विश्वकर्मा, माछापुच्छ्रे गाउँपालिका कमिटीका उपाध्यक्ष पूर्णबहादुर शाही (नवराज) सचिव ऋषि गौतम, उपसचिव माधव गौतम (अमिट) लगायतले पार्टी निर्माणको बारेमा बोलेका थिए।
कार्यक्रममा नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गर्नुका साथै निवर्तमान कमिटीका पदाधिकारी तथा सदस्यलाई कदरपत्र प्रदान गरिएको थियो।