काठमाडौं – बलिउडका मशहूर गीतकार जावेद अख्तरले अभिनेत्री तथा सांसद कंगना रनौतविरुद्ध गैर–जमानती वारेन्ट जारी गर्न माग गरेका छन्। कंगनाले लगातार अदालतमा उपस्थित नभएपछी जावेदले यस्तो माग उठाइएका हुन।
कंगनालाई अदालतमा २० जुलाईमा उपस्थित हुन भनिएको थियो, तर उनी उपस्थित नभएपछी जावेदका वकिल जय भारद्वाजले गैर–जमानती वारंट जारी गर्न निवेदन दायर गरेका छन्। यसअघि, कगंनाविरुद्द जमानती वारेन्ट जारी गरिएको थियो। त्यसपछी कंगना अदालतमा उपस्थित भएकी थिइन् र त्यसपछि उनले वारंट रद्द गराउन सफल भएकी थिइन्।
२० जुलाईमा सुनुवाइ हुँदा जावेदका वकिलले कंगनाले बारम्बार अदालतको कार्यवाहीमा ढिलाइ गर्ने प्रयास गरेको भन्दै उनको उपस्थिति सुनिश्चित गर्न गैर–जमानती वारंट जारी गर्नुको विकल्प नभएको बताए।
निवेदनमा कंगनाले अदालतमा स्थायी छूट मागेको र त्यो खारिज भएको उल्लेख छ। सत्र न्यायालय र बम्बे हाई कोर्टले पनि यो छूटलाई अस्वीकार गरेका थिए। भारद्वाजका अनुसार, अदालतले २० जुलाईको सुनुवाइमा जावेदको आवेदनलाई स्थगित राख्दै कंगना रनौतलाई उपस्थित हुन निर्देशन दिएको छ। कंगनाका वकिलका अनुसार आगामी सुनुवाइ मिति ९ सेप्टेम्बर, २०२४ मा अदालतमा उपस्थित हुने वचन कंगनाले दिएकी छन्।
यो मामला सन् २०१६ मा सुरु भएको थियो। सन् २०२० मा कंगना रनौतले एक टेलिभिजन अन्तर्वार्तामा जावेद अख्तरमाथि गम्भीर आरोप लगाएकी थिइन्। कंगनाले आरोप लगाउँदै भनिन् कि जावेद अख्तरले उनलाई आफ्नो घरमा बोलाएर ऋतिक रोशनको परिवारसँग माफी माग्न भनेका थिए। साथै, उनले करियर समाप्त हुने धम्की दिएको आरोप पनि लगाइन्। यसपछि जावेद अख्तरले कंगनाविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए, जुन अहिले पनि अदालतमा चलिरहेको छ।