काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) र पिअर्सन टेस्ट अफ इंग्लिश (पीटीई) नयाँ साझेदारी भएको छ। शुक्रबार ईक्यान कार्यालयमा दुवै संस्थाका प्रतिनिधीहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै इक्यानले यो सम्झौताबाट इक्यानका सदस्य संस्थाहरुले सदस्यहरूलाई उल्लेखनीय लाभहरू प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।
सम्झौतामा ईक्यानका अध्यक्ष शेषराज भट्टराई र पीटीई क्षेत्रीय बजार प्रबन्धक सुमनकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौतापछी नेपाली पब्लिकसँग कुरा गर्दै इक्यान अध्यक्ष भट्टराईले यो सम्झौतालाई ईक्यान इतिहासकै महत्वपुर्ण र ऐतिहासिक बताएका छन्। ‘‘यो आफैँमा पनि एउटा इतिहास हो,’’ उनले भने– ‘‘यसबाट इक्यान सदस्यहरु त लाभान्वित हुने नै छन् । साथै विद्यार्थी र अभिभावकहरुको हकमा पनि पिटिईको प्रभावलाई कसरी लैजाने भन्नेबारेमा यो सम्झौता केन्द्रित छ।’’
‘‘यो सम्झौताले हाम्रा सदस्यहरूलाई एकै दरमा पीटीई परीक्षार्थीहरूलाई बुक गर्ने सुविधा प्रदान गर्नेछ, जसले स्थिरता र सहजता सुनिश्चित गर्दछ।’’ इक्यानले सामाजिक सञ्जालमार्फत जानकारी भनेको छ।
यस साझेदारीका बारेमा थप जानकारी र विस्तृत विवरण इक्यान सदस्यहरुलाई इमेल मार्फत पठाइने समेत जानकारी दिइएको छ।
हस्ताक्षर कार्यक्रमा ईक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, महासचिव दिपकराज भुषाल, इक्यान सञ्चार विभाग प्रमुख एवम् केन्द्रिय कोषाध्यक्ष आशिक कार्कीलगायतको उपस्थिती रहेको थियो।